समाज

तराई–मधेसमा आज जितिया पर्व मनाइँदै

तराई–मधेसमा आज जितिया पर्व मनाइँदैछ । तराई–मधेसका आमाहरुले निर्जल/निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् । यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल मोरङका अध्यक्ष डा.बालकृष्ण शाह बताउनुहुन्छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा […]

पूरा पढ्नुहोस्

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा, आजदेखि मनसुनी वायुको प्रभाव अझ बढ्ने

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदलाव आई हिजैदेखि विभिन्न ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित मध्यमदेखि ठूलो वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै पश्चिम नवलपरासीको देउराली नवलमा ८२ दशमलव ४ मिलिमिटर वर्षा मापन […]

पूरा पढ्नुहोस्

सिगानास्थित लामिचौरको दलित बस्तीका विशाल परियार पहिलो शिक्षक

शैक्षिक क्षेत्रमा पछि परेको सिगानास्थित लामिचौरको दलित बस्तीमा बस्दै आएका २२ बर्षिय विशाल परियार पहिलो शिक्षक बनेका छन् । शैक्षिक गुणस्तर बढाउँदै पढाइप्रति जागरुक बनाउन आफूले शिक्षक पेसा रोजेको परियारले बताएका छन् । २०७८ मा खुलेको शिक्षक सेवामा प्रावि र निमाविमा एकैपटक लिखित परीक्षा पास गरी अन्तर्वार्तामार्फत प्राविमा नाम निकाल्न सफल भई अहिले गाउँमै रहेको […]

पूरा पढ्नुहोस्

सेन्ट्रल कलेजले दक्षिण कोरिया जान चाहाने उत्कृष्ट १० विद्यार्थीलाई छात्रबृत्तिमा पढ्न पठाइदै

सेन्ट्रल कलेज उच्च शिक्षाका लागि उत्कृष्ट शैक्षिक परामर्श संस्था को रूपमा रहेको छ। सेन्ट्रल कलेजले उच्च शिक्षाका लागि दक्षिण कोरिया जान चाहाने उत्कृष्ट १० विद्यार्थीलाई सत प्रतिशत छात्रबृत्तिमा अध्ययनका लागि पठाउने र विद्यार्थीको सबै काम निःशुल्क गराउने भएको छ। कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलका अनुसार निःशुल्क अध्ययनका लागि प्लस टु वा व्याजलरमा ३ं.० जिपिए […]

पूरा पढ्नुहोस्

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा

भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो । महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम ९१ प्रतिशत सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका ई. सागर कार्कीका अनुसार चौबिसकोठीदेखि पुलचोकसम्म कालोपत्रको माथिल्लो भागको काम भइरहेको छ । सडक सुरक्षाको काम […]

पूरा पढ्नुहोस्

चितवनमा पहिलोपटक “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” हुने

“प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” चितवनमा पहिलो पटक हुने भएको छ । आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । नेपालीहरुको महान् चाड बडा दशैं, तिहारको पूर्व सन्ध्यामा “स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि खेलकूद”भन्ने नाराका साथ भरतपुर […]

पूरा पढ्नुहोस्

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ । एमसीए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको […]

पूरा पढ्नुहोस्

दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा

यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । विजयादशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो । यस वर्षको नवरात्र अर्थात […]

पूरा पढ्नुहोस्

परीक्षणका रूपमा स्ट्रबेरी खेती , तनहुँको ऋषिङ गाउँपालिकामा

ऋषिङ गाउँपालिका –७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती सुरु गरेको हो । गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार दुई सय ५०स्ट्रबेरीका बिरुवा रोपिएका छन् । परीक्षणका रूपमा खेती गरिएको हो । तीन प्रजातिका बिरुवा रोपिएको छ । केहीमा रासायनिक […]

पूरा पढ्नुहोस्

संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन,अवलोकन गर्नेको भिड

संविधान दिवसको दिनदेखि धरहरा सञ्चालनमा आएको धरहरामा अवलोकन गर्न जानेहरुको भिड लागेको छ । पहिलो दिन नै धरहरा चढ्न जानेहरुको भिड लागेको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । एक हप्तासम्मको लागि अनलाइन टिकट बुक भइसकेको छ । अर्को व्यवस्था नभएसम्मका लागि हरेक दिन छ सय जनाका लागि निःशुल्क […]

पूरा पढ्नुहोस्