समाज
भोलि र पर्सिको होलीमा समेत पानी पर्ने सम्भावना
भोलि र पर्सिको होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना छ । केहीबेर मौसम खुले पनि पर्सिसम्मै बदली र वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । भोलि आइतवार पहाडी भेगमा र पर्सि सोमवार […]
पूरा पढ्नुहोस्
प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव : तयार भयो आदिवासी जनजातिका गाउँ
नारायणी नदी किनारमा आदिवासी जनजातिको गाउँ तयार भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा हुन लागेको ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को आकर्षणका लागि उक्त गाउँ निर्माण गरिएको हो। नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचानसहितको गाउँ निर्माण गरिएको हो। नेफिन चितवनले पहिलोपटक […]
पूरा पढ्नुहोस्
एसईईको तयारी पूरा
राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिनुभयो । यस वर्ष देशभरबाट भन्डै पाँच लाख जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् […]
पूरा पढ्नुहोस्
उद्योग वाणिज्य संघ चितवनका सदस्यलाई मनकामना केबलकारमा १५ प्रतिशत छुट
उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीले मनाकामना दर्शन गर्न जादा केबुलकारको टिकटमा छुट पाउने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई केबुलकारमा छुट दिने सम्बन्धी मनकामना दर्शन प्रालि र उद्योग वाणिज्य संघ–चितवनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनको संस्थागत उत्तरदायित्वअन्तर्गत रहेर संघमा आबद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष […]
पूरा पढ्नुहोस्
२४ जिल्लाका ४ सय १३ वटा पालिकामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत देशभरका २४ जिल्लाका चार सय १३ वटा पालिकाका सबै बालबालिकाले खोप लगाएका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका १ सय ८० पालिकामा खोप अभियान जारी छ । अहिलेसम्म झण्डै ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार ४ सय ६८ बालबालिकाले खोप […]
पूरा पढ्नुहोस्
रमजान भोलिदेखि शुरु
इस्लाम धर्मावलम्बीकाे महान् पर्व रमजान मुबारक महिना भोलिदेखि शुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरू दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र […]
पूरा पढ्नुहोस्
आज महाशिवरात्रि पर्व मनाइँदै
आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ […]
पूरा पढ्नुहोस्
देशका सबैजसो ठाउँको मौसम बदली, बाग्मती प्रदेश सहित पश्चिमी क्षेत्रमा पानी पर्दै
अहिले देशका सबैजसो ठाउँमा बदली भएर कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको छ । अहिले देशमा पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परेको हो । बितेको २४ घण्टामा गण्डकी प्रदेशभन्दा पश्चिमतर्फ धेरैजसो ठाउँमा पानी परेको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा, […]
पूरा पढ्नुहोस्
वालिका मृत्युु प्रकरणबारे नेविसंघ चितवनको गम्भीर ध्यानाकर्षण
चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विधालयको होस्टेलमा छात्रा शालिन पोख्रेल झुण्डिएर मृत भेेटिएको घटना प्रति नेविसंघ चितवनले गम्भीर ध्यानाकर्षण गरेको छ । त्यहाँको वस्तुस्थिति हेर्दा आत्महत्या नभई बलत्कार पछि जस्तो देखिएको नेविसंघको ठहर छ । नेविसंघ चितवनका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारी लगायतका नेता कार्यकर्ताले आज चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई […]
पूरा पढ्नुहोस्
आज ४२ औँ मगर एकता दिवस मनाइँदै
आज ४२औँ मगर एकता दिवस मनाइँदैछ। देशैभरका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन्।२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो।त्यसैको सम्झनामा मगर सङ्घ र सम्बन्धित सङ्घ–संस्थाले एकता दिवसको रुपमा मनाउँदै आएका छन् । मगर सङ्घका पूर्व केन्द्रीय अध्यक्ष नवीन रोकामगरका […]
पूरा पढ्नुहोस्



















