समाज

चिनियाँ जनकंग्रेसका अध्यक्ष ले भेटे केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ले  चान्सुले प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । एमाले अध्यक्षसमेत रहकेका ओली र माओवादी अध्यक्ष प्रचण्डलाई चान्सुले नयाँबानेश्वरस्थित संसद भवनमा छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । चार दिने भ्रमणका लागि सोमबार नेपाल आएका चान्सुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई सोही दिने भेटेका थिए । […]

पूरा पढ्नुहोस्

३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ३३ प्रतिशत महिला उम्मेदवार हुनै पर्ने व्यवस्थासहित ऐन संशोधन भएको र स्वीकृत हुन बाँकी रहेको बताएका  हुन् ।‘हामी यही चुनावबाटै लागू होस् भन्ने चाहना राख्छौ । अब उम्मेदवारले खर्च गर्न पाउने रकम पनि निर्वाचन क्षेत्र अनुसार फरकफरक हुनसक्ने बताए । उनले अहिले खाका तयार […]

पूरा पढ्नुहोस्

डा. गोबिन्द केसी अनशन बस्दै

माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको  हुनाले आज देखि गोबिन्द केसी  अनशन बस्न धनगढी हिँडेका छन्  । उनले आज सोमबार बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।

पूरा पढ्नुहोस्

आज देखि सोह्र श्राद्ध सुरु हुदै

हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयागादी तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजा चरम निराशाजनक, ५२ प्रतिशत विद्यार्थी उच्च शिक्षा पढ्न अस्वीकृत

विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजामा ५२ प्रतिशत अर्थात् १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थी नन ग्रेडिङ (एनजी) मा परेका छन् । उनीहरू उच्च शिक्षा पढ्न अस्वीकृत भएका हुन् । तीमध्ये दुई विषयमा मात्रै नन ग्रेडिङमा परेका १ लाख ३० हजार ८ सय ७८ (३६ प्रतिशत) परीक्षार्थीले भने असोज ३० र ३१ […]

पूरा पढ्नुहोस्

नेपालले केन्याविरुद्ध ब्याटिङ गर्ने, आसिफको ठाउँमा देव खेल्दै

नेपालले टस जितेपछि ब्याटिङ रोज्दै केन्यालाई बलिङको निम्तो दिएको हो । नेपालले घरेलु टोली केन्याविरुद्ध पहिले ब्याटिङ गरेको छ। पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आज आराम दिइएको छ। उनको स्थानमा आज देव खनाल खेल्दैछन् । नेपालका अर्जुन साउद र देव खनालले ओपनिङ गरेका छन्। नेपालले पहिलो खेलमा ७ विकेटले जितेको थियो।

पूरा पढ्नुहोस्

ट्रक दुर्घटनाबाट, दक्षिणकालीमा २ जना घाइते

दक्षिणकाली नगरपालिका-८ छैमलेको शीतलचोकमा बा.प्र.-०१-००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक शुक्रबार राति साढे ८ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो।  घाइते भएका दुवै जना पुरुष रहेका छन्।उनीहरूको उद्धार गरि मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरू दुवै जनाको […]

पूरा पढ्नुहोस्

थारु कलाकार सभा चितवनको नेतृत्वमा पुन: सुरेश चौधरी

थारु कलाकार सभा चितवनको दोस्रो अधिवेशन विहिवार सुकुल रेष्टुरेन्टमा सम्पन्न भएको छ । अधिवेशनले पुन: सुरेश चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा हिरा चौधरी, उपाध्यक्षमा मुस्कान चौधरी, सचिवमा रोहित सिंह चौधरी, कोषाध्यक्षमा प्रकाश चौधरी चयन भएका छन भने सह […]

पूरा पढ्नुहोस्

पत्रकार महासघको सस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ भएकाले सच्याउन महासघसग फोनिजको माग

नेपाल पत्रकार महासंघको केन्द्रीय संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ भएकाले यस अघि भएको (कृष्ण प्र भट्टराई भनिएको) त्रुटि सच्याउन माग गर्दै फोनिज चितवनले पत्रकार महासंघ जिल्ला शाखा चितवन मार्फत केन्द्रमा ज्ञापनपत्र पठाइएको छ ।   ज्ञापनपत्र फोनिज चितवनका अध्यक्ष रमेश राना मगरको नेतृत्वमा गएको टिमले महासंघका अध्यक्ष नारायण प्र अधिकारिलाई बुझाएका हुन ।  ज्ञापनपत्र बुझ्दै अध्यक्ष अधिकारिले […]

पूरा पढ्नुहोस्

आज ऋषि पञ्चमी मनाइँदै

आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् । काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् ।

पूरा पढ्नुहोस्