Banner
मिस नेपालको उपाधि प्रियंका रानी जोशीलाई
मिस नेपाल-२०२२ को उपाधि प्रियंका रानी जोशीले जित्नुभएको छ । आज काठमाण्डौमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरिनुभएको हो । उहाँलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याउनुभयो । मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाकाे अन्तिम राउण्डमा २४ जना सहभागी थिए ।
पूरा पढ्नुहोस्
जिल्ला स्तरीय शिक्षक नायक गोष्ठि सम्पन्न
जिल्ला स्तरीय शिक्षक नायक गोष्ठि भरतुरमा सम्पन्न भएको छ । उषा इङ्गलिस बोडिङ्ग स्कुलको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी चितवनका उप सभापति एवं जुनियर युवा समिति संयोजक रत्नप्रसाद सापकोटाले कार्यक्रमको उद्देश्य र महत्वको बारेमा जानकारी गराउनु भएको हो । कार्यक्रमको प्रथम शत्र जुनियर युवा कार्यप्रणली र द्धितीय शत्र मनोसामाजिक परामर्श […]
पूरा पढ्नुहोस्
एसपीपी खारेज गरिन्छ : अध्यक्ष प्रचण्ड
चितवन, असार ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसपीपी खारेज हुने बताएका छन् । शुक्रबार (आज)भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले एमसीसी जस्तो विषय खारेज गर्नुको विकल्प नरहेको बताएका हुन् । ‘एसपीपी र एमसीसी केपी ओलीको करामत हो,’ उनले भने, ‘अब यो किलियर भइसक्यो । एमसीसी १२ बुँदे घोषणपत्रसहित पारित भयो […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनु हुनेछ । आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा […]
पूरा पढ्नुहोस्
नेकपा एमालेले देशभरका जनप्रतिनिधिलाई आजबाट प्रशिक्षण दिँदै
नेकपा एमालेले देशभरका जनप्रतिनिधिलाई आजबाट प्रशिक्षण दिँदै छ। आफ्नो पार्टीबाट उम्मेदवार भई जितेका जनप्रतिनिधिलाई आज र भोलि काठमाडौंको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेले जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने उपमहासचिव प्रदीप ज्ञवालीले बताए। २०५ जना पालिका […]
पूरा पढ्नुहोस्
आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने : गण्डकी, मधेस र प्रदेश-१ मा राति ठूलो पानी पर्ने
आज दिउँसाे वाग्मती, गण्डकी र प्रदेश-१ का धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसाे हल्कादेखि मध्यम वर्षाको सम्भावना भए पनि राति भने ठूलो पानी पर्ने अनुमान छ । राति प्रदेश-१, मधेस प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । प्रदेश-१, […]
पूरा पढ्नुहोस्
सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै
सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको तयारी छ । […]
पूरा पढ्नुहोस्
मतदाता नामावली सङ्कलन आजदेखि
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्दैछ । आयोगले योग्यता पुगेका सबै नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति केही दिनमै घोषणा हुने सम्भावना रहेकाले त्यसअघि नै मतदाता नामावलीमा आफ्नो नाम […]
पूरा पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजदेखि बन्द
चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गरिएकोे हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवाकाे अमेरिका भ्रमणलाई शङ्काकाे दृष्टिले नहेरिदिनुस् : परराष्ट्रमन्त्री खड्का
परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई शङ्काको दृष्टिले नहेरिदिन आग्रह गर्नुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री खड्काले दुई पक्ष सम्बन्धलाई थप बलियाे बनाउन, आपसी सम्बन्धलाई गति प्रदान गर्न र सम्बन्धका नयाँ आयाम ल्याउनका लागि दुई देशको […]
पूरा पढ्नुहोस्



















