Banner

अत्यावश्यक कामबाहेक नेपालीहरु युक्रेन नवस्न परराष्ट्र मन्त्रालयको अनुरोध 

परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । मन्त्रालयले युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै यस्तो बताएको हो । अत्यावश्यक परेर त्यहाँ बस्नु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले नेपाली राजदूतावास, बर्लिनमा रहेका ३८ जनाभन्दा धेरै […]

पूरा पढ्नुहोस्

एमाले कसैले पनि हराउन नसक्ने योद्धा, चुनावबाट फेरि सरकारमा आउँछ : अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताउनुभएको छ । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै चुनावको माध्यमबाट फेरि सरकारमा आउने दाबीसमेत गर्नुभयो । आफ्नो ७१ औँ जन्मदिनको अवसर पारेर आज बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो […]

पूरा पढ्नुहोस्

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

१३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिनुभयो । विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको उहाँको भनाइ […]

पूरा पढ्नुहोस्

२४ घण्टामा ३ सय १२ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारमा झर्‍यो

पछिल्लो २४ घण्टामा देशभर तीन सय १२ जनामा कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट आठ हजार ६ सय ९३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको तीन दशमलव ५८ प्रतिशतमा सङ्क्रमण पुष्टि हो । त्यस्तै २४ […]

पूरा पढ्नुहोस्

काङग्रेस वाग्मती प्रदेश कार्यसम्पादन समितिमा चितवनका दीर्धमान श्रेष्ठ

नेपाली काङग्रेस वाग्मती प्रदेश कार्यसम्पादन समितिमा चितवनका काङग्रेस नेता दीर्धमान श्रेष्ठ चयन भएका छन । सिन्धुपाल्चोकको सुकुटेमा वसेको प्रदेशको दोस्रो वैठकले चितवनका श्रेष्ठ सहित ७ जनालाई कार्यसम्पादन समितिमा मनोनयन गरेको छ । जगदिशनसिं केसी, लामा कर्पु तामाङ, वलबहादुर दमाई, दीपेन्द्र आचार्य कल्पना खड्का र मसिना भण्डारी कार्यसम्पादन समितिमा चयन भएका छन । वाग्मती प्रदेश सभापति […]

पूरा पढ्नुहोस्

एमसीसीमा बाबुराम भट्टराईको दुई विकल्प

जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताउनुभएको छ । उहाँले गएराति साजिक संजाल ट्वीटर मार्फत यस्तो बताउनुभएको हो । एमसीसीको डढेलो लगाएपछि अब यसलाई निभाउने जिम्मा पनि सबै दलको रहेको बताउदै २ वटा विकल्पसमेत अघि सार्नुभएको हो । उहाँको पहिलो विकल्प सत्ता गठबन्धनमा रहेका […]

पूरा पढ्नुहोस्

आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै

आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक वस्ने भएको छ । काठमाण्डौमा बस्ने बैठक दुई दिनसम्म चल्नेछ । ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल हुनेछ । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारी सहभागी हुनेछन् । यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार […]

पूरा पढ्नुहोस्

एमसीसीमा सघाउन देउवाले गरेको आग्रह ओलीद्वारा अस्वीकार

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीचको भेटवार्तामा देउवाले संसदमा टेबल भएको एमसीसी पास गर्न सघाउन आग्रह गरेपनि ओलीले अस्वीकार गरेका हुन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई […]

पूरा पढ्नुहोस्

स्थानीय तहको चुनावका लागि ९ अर्ब रुपैयाँ माग, कर्मचारीलाई शतप्रतिशत भत्ताको प्रस्ताव

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि झन्डै नौ अर्ब रुपैयाँ बजेट माग गरेको छ । चुनावका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट माग गरेर अर्थ मन्त्रालयलाई पत्र पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर जानकारी दिनुभयो । यो बजेट यसअघि भएको स्थानीय तहको चुनावमा […]

पूरा पढ्नुहोस्

एमसीसीको विरोधमा भरतपुरमा युवाहरुको प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी बिरुद्ध भरतपुरमा युवाहरुले विरोध प्रदशन गरेका छन । द युनाईटेड चितवनको आयोजनामा भएको विरोध प्रदर्शनमा सयौ देशभक्त युवाहरूको उपस्थिति रहेको थियो । प्रदर्शन चौवीसकोठीबाट सुरु भएको प्रदर्शनी बिरेन्द्र क्याम्पस रोड हुँदै पुन चौबीसकोठीमा पुुगी कोणसभामा परिणत भएको थियो । कार्यक्रम द युनाईटेड चितवनका संरक्षक दिवाकर राज श्रेष्ठको नेतृत्वमा भएको हो । […]

पूरा पढ्नुहोस्