समाज

फोनिज चितवनको कार्यालय स्थापना

फोनिज चितवनले संस्था स्थापना भएको करिब डेढ दशकपछि आफ्नै कार्यालय स्थापना गरेको छ । शुक्रबार इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुरा, पूर्वअध्यक्ष पदमबहादुर गुरूङ, फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरीलगायतको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले […]

पूरा पढ्नुहोस्

छ स्थानीय तहद्वारा विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

दमौली, २४ साउन  विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । आज मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने […]

पूरा पढ्नुहोस्

केराबारीमा ढिस्को सहितको ठुलो पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक फेरी अबरुद्ध

मुग्लिन नारायणगढ सडक फेरी अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा फेरी पहाडको ढिस्को सहिदको ठुलो पहिरो खसेपछि विहान २ बजे देखी अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस अघि सो सडक खण्ड २३ घण्टा पछि  गएराति १०.३० बजे देखी दुई तर्फी सन्चालनमा आएको थियो । सो सडक खण्डमा […]

पूरा पढ्नुहोस्

आज नाग पञ्चमी पर्व मनाइँदै

श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । यसरी […]

पूरा पढ्नुहोस्

देवघाटमा सोमबारे बोलवम मेला आजबाट सुरु

नेपालकै पवित्र तीर्थस्थल देवघाटमा सोमबारे बोलवम मेला आजबाट सुरु भएको छ । आइतबार साँझ देखिनै देवघाटमा मेला भर्न आएका दर्शनार्थीको आज बिहानैदेखि पूजाआजामा भीड देखिएको छ । साउन महिना वर्षकै चोखो महिनाको रुपमा लिइने गरिएको र साउनमा पाँच वटा सोमबार परेकाले आजदेखि साउन अन्तिमसम्म मेला आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नेपालका […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरपालिका भित्रका जेष्ठ पत्रकारलाई निवृतिभरण प्रदान

चितवन, असार २८  नेपाल पत्रकार महासंघ चितवन शाखाले भरतपुर महानगरपालिका भित्रका जेष्ठ पत्रकारलाई निवृतिभरण प्रदान गरेको छ । भरतपुर महानगरपालिका र नेपाल पत्रकार महासंघको साझेदारीमा जेष्ठ पत्रकारलाई सम्मान स्वरुप मासिक भत्ता वितरण सुरु गरिएको हो । पत्रकार महासंघ चितवनले ६० वर्षमाथिका पत्रकारलाई मासिक ४ हजार रुपैयाँका दरले निवृत्तिभरण वितरण गरेको हो । महानगरले निवृत्तिभरण वितरणका […]

पूरा पढ्नुहोस्

आज असार १५ : धान दिवस तथा दहीचिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवसका रुपमा मनाइँदैछ । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा १५ लाख […]

पूरा पढ्नुहोस्

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गएको जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई/तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । पौडेलकाअनुसार अहिले प्रदेश नं १, मधेस प्रदेश, बाग्मती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको […]

पूरा पढ्नुहोस्

आज विश्व खाद्य स्वच्छता दिवस

आज विश्व खाद्य स्वच्छता दिवस  । स्वच्छ सन्तुलित आहार स्वास्थ जीवनको आधार भन्ने नाराका साथ मनाइँदै छ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ । स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्न पाउने […]

पूरा पढ्नुहोस्

श्रीमानले मलद्वारबाट लौरो छिराएर यातना दिएका माझीको उपचारको क्रममा मृत्यु

श्रीमानबाट शारीरिक यातना पाएकी एक महिलाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका–१० की माझी गत बिहीबार साँझ श्रीमानबाट कुटिएकी थिइन्। श्रीमानले उनको मलद्वारबाट लौरो छिराएर यातना दिएका थिए। उपचार संलग्न डाक्टरका अनुसार मलद्वारबाट लौरो घुसाउँदा माझीको यौनाङ्ग र मलद्वारबीचको भाग च्यातिएको थियो। श्रीमानको कुटाईबाट माझीको कम्मरको हड्डी पनि भाँचिएको थियो। स्थानीयबासिन्दाले […]

पूरा पढ्नुहोस्